काठमाण्डाैं । जापानमा भइरहेको टोक्यो ओलम्पिक खेलकुद प्रतियाेगीता व्राजिल स्वर्ण पदक जितेकाे छ। व्राजिलले पुरुष फुटबलको स्वर्ण पदक जितेकाे हाे ।
जापानमा भएकाे फाइनल खेलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिलले स्वर्ण पदक जितेकाे हाे । भर्खरै घरेलु मैदानमा भएकाे काेपा अमेरिका कप अर्जेन्टिनासंग हारे पदक गुमाएकाे ब्राजिलले ओलम्पिकमा भने स्वर्ण पदक जितेर शान राखेकाे छ।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि समय थप गरिएकाे थियाे । गाेलकाे लागि पेनाल्टीकाे अवसर समेत गुमाएकाे ब्राजिलले खेलको १०९औं मिनेटमा थप गाेल गरेर ब्राजिलले स्पेनलाइ हरायाे । स्पेनले थप गोल गर्न नसक्दा ब्राजिल विजयी भयो ।
ब्राजिलले यसअघिको ओलम्पिकमा पनि पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो ।




