ताजा समाचार

मेस्सीले छाड्ने भए बार्सिलोना

एजेन्सी । लियोनेल मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले मेस्सीसँग नयाँ करार नगर्ने बताएपछि अब उनी क्लबबाट मुक्त भएका हुन् ।

अर्जेन्टिनाका मेस्सीसँग सम्झौता नवीकरण नगरेको बार्सिलोनाले बिहीबार पुष्टि गरेको छ ।बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीले क्लब छाडेको जनाएको छ ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *