ताजा समाचार

शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुने

काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै भने, ‘पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको छ ।’नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए ।

यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *