काठमाण्डाैं। गृहमन्त्री वालकृष्ण खाँणले देशभर रहेका तुइन हटाउन निर्देशद दिएका छन। प्रधानमन्त्री भएकै वखत केपी शर्मा अेालीले दुइ बर्षमा तुइन हटाउने घाेषणा गरेका थिए।उनले याे घाेषणा गरेपनि तुइन पुर्ण रूपमा हटेकाे थिएन।
आइतवार गृहमन्त्रालयमा वसेकाे विपद ब्यवस्थापन समितिकाे वैठकमा गृहमन्त्री खाँणले तत्काल तुइन हटाउन र साे ठाउँमा झाेलेङगे पुल हाल्न निर्देशन दिएका छन।
समितिकाे वैठकमा सुरक्षा निकाय देखि निजामित प्रशासनका तालुकवाला प्रमुखहरूकाे उपस्थिति थियाे।
गत शुक्रवार भारतीय सुरक्षावलले अचानक तुइन काटेपछि दार्चुला ब्यास गाउपालिकाका जयसिह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका छन।




