काठमाडौं । इजरायलको मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको हो । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो।
मंगलबारकाे गाेरखापत्रमा अावेदन माग गर्दै विज्ञापन गरिएकाे छ ।





