काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो। आज अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोधिएकोबारे पनि छलफल हुने तामाङले बताए ।
सोमबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।




