ताजा समाचार

देउवालाई जिताउन इतिहासमै पहिलोपटक ठुलो संख्यामा फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।
नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए ।

कर्णाली प्रदेशका सांसद्र प्रकाश ज्वाला,कुर्मराज शाही नन्दराज बुढा, अमरबहादुर थापाले फ्लाेर क्रस गरेका थिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *