समाचार

चितवनमा ट्र्याक्टर पल्टिँदा एक जनाकाे मृत्यु

    
    चितवन । खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।    
    
 जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *