समाचार

चीन र सिरियाका विदेशमन्त्री भए द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत

   सिरिया । चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत भएका छन् । उनीहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उनीहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो ।    
    
चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उनले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गरेका हुन् । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताएका हुन् ।    
    
त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताएका हुन् । सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेका भन्दै उनले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राखेका थिए ।    
    
त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिएका थिए ।    
    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *