समाचार

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता, दुई देशबीच थप सम्बन्ध बलियो बनाउने बिषयमा कुराकानी

   चीन । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताएका छन् ।आज उनले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताएका हुन् । उनीहरुबीच बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्धका विभिन्न पाटोहरुका बारेमा कुराकानी गरेका थिए ।    
    
त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा भएको महत्वपूर्ण बैठकको स्मरण गरे ।    
    
दुई देशका राष्ट्रपतिका बीचमा गत जनु महिनामा भिडियो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुबीच पनि आगामी दिनमा ती दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने विषयमा सहमति भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुद्धारा संयुक्त प्रेस वक्तव्य पनि जारी भएको थियो । यस वर्ष सांघाइ कोअपरेसन अर्गनाइजेसनको २० औँ वार्षिकोत्सव भएकोले यस अवसरमा पनि चीनले रुससँगको सहयोग, समन्वय र साझेदारीमाथि थप जोड दिन चाहेको धारणा पनि चिनियाँ विदेशमन्त्री वाङले दिए ।    
    
त्यस भेटका क्रममा उहाँहरुबीचमा क्षेत्रीय चासोका विभिन्न विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा उनीहरुले दुई देशले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि औषधि तथा खोपको सहयोग आदानप्रदान गर्ने मात्र नभएर राजनीतिक भाइरसका विरुद्धमा पनि लड्ने प्रतिबद्धता व्यक्त गरेकाे समाचारमा जनाइएको छ ।    
    
उनीहरुका बीचमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुका साथै त्यहाँ शान्ति स्थापनाका विषयमा पनि छलफल भएको थियो । अफगानिस्तानमा शान्ति स्थापनको काममा सहयोग गर्र्ने उहाँहरुले बताएकाे समाचारमा जनाइएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *