काठमाडौं । नेपाली काग्रेशको क्रियाशील सदस्यता समितीको कार्यालयमा सदस्यतामा छानबिन चलिरहदा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ ।
नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् ।
पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै सानेपामा धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री राजेश रौनियारसहित बाराका विभिन्न वडाका बुथ लगायतका सभापतिहरू छन् । समितीमा हालसम्म १ सय ७ निर्वाचन क्षेत्रको क्रियासिल सदस्यताको काम टुङि एको बताएको छ ।




