ताजा समाचार

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा

काठमाडाैं । स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ। इटाली सन् २०१२ पछि युरो कपको फाइनलमा पुगेको हो। बुधबार विहान सकिएको पहिलो सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा इटालीका लागि पहिलो पेनाल्टी हानेका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपर सिमोनले विफल पारे।

स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार आकासिएको थियो। यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए।

पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे। यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो। जसमा पनि कुनै गोल हुन सकेन।

अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *