काठमाडौ । देवयानी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्षमा नियुक्त भएकी छन्। बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एसियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ ।
उनलाई राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन्।
राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रको अनुभव छ ।
कोका–कोलाका भारत र दक्षिण पश्चिम एसिया हेर्ने अध्यक्ष संकत रेले उनको नियुक्तिबारे देवयानीलाई कम्पनीमा स्वागत गर्न आतुर रहेको बताएका छन्।
नेतृत्व समूहमा राणाको नियुक्तिले यस क्षेत्रमा कम्पनीको संलग्नता बढाउने उनको आशा छ।
यसअघि राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन्।
उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन्। देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन्।




