समाचार

फिलिपिन्समा ९२ यात्रु सवार सैन्य विमान दुर्घटनामा १७ जनाको मृत्यु, ४० जनाको उद्धार गरि अस्पताल पुर्‍याइयो, उद्धार कार्य जारी

काठमाडौ । फिलिपिन्समा ९२ यात्रु सवार एउटा सैन्य विमान दुर्घटनामा परेको छ। दुर्घटना परि १७ जनाको ज्यान गइसेकेको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाइएको छ ।

आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले उद्धित गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सीले लेखेका छन् ।

जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ। जलिरहेको विमानबाट हालसम्म ४० जनाको को उद्धार गरि अस्पताल लगिएको छ ।

अहिले पसि उद्धार कार्य जारी छ। सेना प्रमुख सोबेजानाले भनेका छन्,‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन्। धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’

फिलिपिन्सको दक्षिणी क्षेत्रमा कयौं चरमपन्थी गुटको अड्डा छ। सोही कारण त्यहाँ धेरै सेनाहरु तैनाथ गर्दै आइएको छ।
अलजजिराको सहयोग

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *