ताजा समाचार

युरो कप २०२०ः यस्तो बन्यो सेमिफाइनल समिकरण

काठमाडौं । गएराति सम्पन्न दुई खेलसँगै युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलमा इंग्ल्याण्ड र डेनमार्क विजय भएसँगै सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन् । इंग्ल्याण्ड २५ वर्षपछि सेमिफाइनल खेल्दै छ ।

युरो कप २०२० को पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इटली र स्पेनबीचको खेल जुलाई ६ खेल हुँदै छ त्यस्तै दोस्रो सेमिफाइनल खेल इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ । दुवै खेल राति १२: ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *