समाचार

अफगानिस्तानको उत्तरी बाल्खमा सेनाले गरेको कारबाहीमा १२ तालिबानीको मृत्यु

भारत ।  अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् ।     

सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ ।

सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ । खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ ।
तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *