काठमाडौ । पाँच बिद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका ५ विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गमा ओलीको पुत्ला दहन गरेका हुन् । केही दिन देखी प्रधानमन्त्री केपी शर्माको बिरोधमा प्रदर्शन बिद्यार्थी संगठनले प्रर्दशन गरिरहेका छन् । प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोग गर्दा २ जना विद्यार्थी सामान्य घाइते भएको नेविसंघका केन्द्रिय सदस्य शैलेन्द्र गौडेलले बताए ।
विद्यार्थी संगठनहरूले कोरोनाविरूद्ध खोप छिटो भन्दा छिटो उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।




