एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत सोमबार बिहान भएको खेलमा इक्वेडरले ब्राजिललाई बराबरीमा रोकेको छ ।
समूह ‘बी’ को अन्तिम खेलमा इक्वेडरले आयोजक टिम ब्राजिललाई १–१ गोलको बराबरी रोक्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
समूह ‘बी’ मा यसअघि तीन खेलमा जित निकाल्दै ब्राजिल पहिले नै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
एस्टाडिओ ओलिम्पिको पेद्रो लुडोविको स्टेडियममा भएको खेलमा खेलको ३७ औं मिनेटमा एभर्टनको पासमा इडर मिलिटाओले गोल गर्दै खेलमा अग्रता लिए । ब्राजिलले पहिलो हाफमा लिएको अग्रता दोश्रो हाफमा कायम गर्न सकेन । खेलको ५३ औं मिनेटमा इक्वेइडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पुर्याए । यससंगै समूह चरणमा ब्राजिलको अपराजित यात्रा कायमै छ।




