काठमाडौं । बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १(० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए । ५८ मिनेटमा पोर्चुगलका रोनाल्डोले दिएको पासमा डिएगो जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो।
६१ मिनेटमा जोआओ फेलिक्सले पनि पाएको अवसर खेर फालेका थिए। लगत्तै बुनो फर्नान्डेजले पोर्चुगलका लागि अर्को अवसर सदुपयोग गर्न सकेनन्।
६३ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पार्ने अवसर गुमाए। पेनाल्टी बक्स बाहिर पाएको अवसरमा उनको प्रहार आउट भयो।
खेलमा बेल्जियमका प्लेमेकर बुएन र इडिन हजार्ड घाइते भएका थिए। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका बुएन र हजार्ड फिट हुनेमा शंका छ। त्यसैले फिफा विश्व वरीयताको शीर्ष टिम बेल्जियमका लागि दुई खेलाडीको अभाव खड्कन सक्छ।




