डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४(० ले पराजित गरेको हो ।
डेनमार्कको जितमा डोलवर्गले दुई गोल गरे। उनले खेलको २७ र ४८ मिनेटमा गरी दुई गोल गरेका हुन् । यस्तकै मइल्हेले ८८ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले अर्को गोल गरेपछि डेनमार्कले सानदार जित हात पारेको हो।
खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए। विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।




