समाचार

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभाको अधिवेशनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर संसद सचिवालयका कर्मचारीलाई आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाले निर्देशन दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *