समाचार

मेलम्चीमा विद्युतको खम्बाबाट लिक भएको करेण्ट लागेर एक युवकको ज्यान गयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।
सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पु¥याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ । सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युत्को खम्बाबाट लिक भएको करेण्ट लागेर दुलालको मृत्यु भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *