एजेन्सी । इटालीले युरोकप २०२० अन्तर्गत बुधबार भएको खेलमा स्विट्जरल्यान्डलाई ३–० गोलले पराजित गरेको छ । यो सँगै इटालीले समूह एबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । र, प्रिक्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
रोमास्थित घरेलु मैदानमा इटालीको जितमा मान्युइल लोकाटेल्लीले दुई गोल गरे । लोकाटेल्लीले खेलको २६औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा दोस्रो गोल थप्दै उनले टोलीलाई २–० ले अघि बढाए ।
खेलको ८९औं मिनेटमा सिरो इमोबिलले गोल गरेपछि इटालीको जित ३–० ले निश्चित भएको थियो । लगातार दुई जितसँगै इटाली समूह एको शीर्ष स्थानमा पुगेको छ । उसको ६ अंक छ




