ताजा समाचार

ओलीले एकतापूर्वको अवस्थामा फर्कन्छु भनेपछि खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शर्तसहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति छलफल गर्न मावकुमार नेपाल र झलनाथ खनाल पक्षको आज बैठक बस्ने भएको हो ।

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । प्रम ओलीको प्रस्तावबारे प्रारम्भिक प्रतिक्रिया दिंदै खनाल नेपाल पक्षका नेताहरुले उक्त प्रस्ताव जालझेलपूर्ण रहेको बताएका छन् । तर सो समूहको औपचारिक धारणा भने आएको छैन। विनासर्त २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन माग गरेपनि ओलीले घुमाउरो पारामा माओवादी केन्द्रबाट आएका नेताहरुलाई पनि समेट्ने गरी एकता आह्वान गरेका छन् । साथै उनले अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परेको रिट फिर्ता गर्नुपर्ने सर्त समेत राखेका छन् । ओलीको सर्त नमान्ने पक्षमा खनाल-नेपाल समूह छ । त्यसैले अब कसरी अगाडी बढ्ने ओलीको सर्त मानेर पार्टी एकता कायम राख्ने कि अर्को पार्टी खोल्ने भन्नेबारे पनि आजको बैठकमा गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *