कोलम्बिया । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।
आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका ले जानकारी दिए । उनले एक विज्ञप्ति प्रकाशन गरी दुघटनाबारे पुष्ट्रि गरेका हुन् । राष्ट्रपति डुकले
प्रहरी अधिकृतिले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताए
ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेका ती लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरीले बताएको छ ।




