समाचार

भारतमा नयाँ संक्रमित फेरी बढे,लगातार दोस्रो दिन ४ हजारभन्दा बढी मृत्यु


काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो ।कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा फेरी वृद्धि देखिएको अन्तराष्टिय सञ्चार माध्यामले जनाएका छन् । एकैदिन ३ े लाख ६२ हजार ६३२ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ५ जना निको भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो दुई दिनदेखि ३ लाख ५० हजार भन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेको थिए ।

पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७।०६ लाख मानिसको उपचार चलिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *