काठमाडौ ।बुटवलमा उपचाररत ६ जनाको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ पुरुष र १ महिलाको ज्यान गएको हो ।
उनीहरुले आईसीयु र एचडीयू बेड कुर्दाकुदै ज्यान गुमाउनुपरेको हो । आज मृत्यु हुनेमा तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको हो ।
त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएको लुम्बीनि अस्पतालले जारी गरेको बिज्ञेप्तीमा जनाइएको छ ।
मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरलर राती ७ बजे मृत्यु भएको हो ।
यो सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको अस्पतालले बताएको छ ।





