समाचार

लाईफलाइन अस्पतालद्वारा ३० बेडको कोभिड वार्ड सञ्चालन

झापा । दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ।

कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सि सहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो। अस्पतालका मेडिकल डायरेक्टर डाक्टर सुर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवा सहित कोभिडका बिरामीहरुले सेवा पाउनेछन् ।

यो समयमा अस्पतालको तर्फबाट पनि कोभिडका बिरामीलाई उपचार गराउनका लागि अस्पतालका सञ्चालकहरु तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताले यो सम्भव भएको पनि डाक्टर शाहले बताए।

अस्पतालका अध्यक्ष डाक्टर मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई विभेद नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिईनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *