ताजा समाचार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण भएको छ । भारतमा केही समय यता दैनिक चार लाखको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा अक्सिजनको चरम अभाव छ भने मृत्युदर उच्च हुँदा जलाउने घाटमा समेत पालो कुरेर बस्नु परेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख १५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *