विराटनगर । मोरङको विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका जहँदा गाउँपालिका, र कटहरी मा एक साता निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट एक सातासम्म लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।
कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर लगायत कोरोना संक्रमण धेरै भएका र छिमेकी देशसँग सिमा जोडिएका स्थानीय निकायमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको छ ।
सूचनाः






