ताजा समाचार

मन्त्री बनेका जसपाको चार सांसदकाे सांसद् पद खोसियो

बुटवल । पार्टीलाइ धाेका दिएर लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।


प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *