ताजा समाचार

भारतमा कामु बाहिर कोरोना संक्रमणः एकैदिन ३ लाख ८० हजार संक्रमित थपिए

नयाँदिल्ली । कोरोना संक्रमणको कारण भारतको स्थिति नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेको छ । संक्रमणदरले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन भने तीन हजार ६८० जनाको ज्यान गएको छ ।
वल्डोमिटरका अनुसार, बुधबार मात्र ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सकृय संक्रमितको संख्या ३० लाख नाघेको छ । संक्रमणबाट अहिलेसम्म २ लाख ४ हजार ८१२ जनाको मृत्यु भइसकेको छ ।
भारतभर अहिले पनि अक्सिजनको अभाव रहेको छ । अक्सिजनको अभावले विरामी छटपटाइरहेको दर्दनाक परिदृश्य मिडियामा सार्वजानिक भइरहेको छन् । अमेरिका लगाएत देशहरुले सहयोगको लागि हात अगाडी बढाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *