ताजा समाचार

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

काठमाडाैं । नेकपा (एमाले)ले कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ।

एमाले दलका नेता यामलाल कँडेलले आइतबार प्रदेश सभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने व्यहोराको पत्र पठाएका हुन्।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको बताए।

एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो।

उक्त मतदानमा पार्टीको निर्णयरनिर्देशन ९ह्वीप० विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए।

शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान १ ९ख० का प्रकाश ज्वाला, दैलेख १ ९ख० का अम्मरबहादुर थापा, कालीकोट १ ९क० का कुर्मराज शाही र डोल्पा १ ९क० का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

प्रदेश सभा सचिवालयमा दर्ता भएको पत्रमा भनिएको छ, ‘निज सांसदहरूको गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने ठहर गर्दै प्रदेशसभा दल र पार्टी प्रदेश कमिटीको सिफारिसका आधारमा कारबाही गरिएको छ।’

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गर्नेमध्ये थापा, शाही र बुढालाई मन्त्री पदमा नियुक्त गरेका थिए।

सरकारमा थापा भौतिक पूर्वाधार विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्।

प्रदेश सभा सचिवालयले अबको १५ दिनभित्र उनीहरुलाई सांसद पदबाट हटाएको जानकारी प्रदेश सभालाई गराउनुपर्नेछ।

सो सूचनालगत्तै ती सांसद स्वतः पदमुक्त हुनेछन्।

एमालेले आफ्ना चार सांसदको पदमुक्त गरेसँगै कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय हुनेछ।

यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरेको थियो। रेग्मी हाल एमालेको केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *