समाचार

कांग्रेसद्वारा सिद्धिकीको निधनप्रति दुःख व्यक्त

    
    काठमाडौ ।  नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनकाे यही वैशाख ११ गते निधन भएको थियो ।    
    
 कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।      
    
 नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो । राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आउनुभएकी नेत्रृ सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील थीइन् । पार्टीको सङ्गठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आएकी  उनका निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।    

  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *