ताजा समाचार

‘कम्तीमा दुई साता लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा।पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ।

अस्पतालमा तीनरचार दिनदेखि नै आइसियु र अन्य शयया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा। अनुप बाँस्तोलाले बताए। अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शयया कोभिड उपचारका लागि छुट्याइएको छ। बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए।
सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक ड.। विमल पाण्डेले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *