एजेन्सी । छिमेकि देश भारतमा दिनदिनै कोरोना भाइरस संक्रमण दरले नयाँ रेकर्ड राखेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।
एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए। अहिले कोरोना संक्रमित देशको सूचिमा पनि अमेरिकापछि भारत दोस्रो नम्बरमा छ ।
बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। १० दिनअघि भारतमा कोरोनाबाट हुने दैनिक मृत्यु ५ सयभन्दा तल थियो।
कोरोना संक्रमणदर र मृत्युदर बढेसँगै भारतले कोरोना चेक ब्रेक गर्न विभिन्न उपाय लगाएको छ ।
दिल्लीमा विकेन्डमा कफ्यू लगाएको छ । आजदेखि सोमबार बिहान ६ बजेसम्मकोे लागि कफ्यूृ लगाएको हो ।




