पत्रपत्रिकाबाट

जसपाकाे २१० जनाको मुद्धा फिर्ता लिन सरकार तयार

आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा फरक फरक विषयले स्थान दिएका छन् ।
नागरिक दैनिकले मुद्धा फिर्ता लिन सरकार तयार, जसपाले गृहमा बुझायो २१० जनाको सूची शिर्षकमा समाचार छ । सरकारलाई समर्थन दिने सर्तमा जसपाको माग पुरा गर्न तयार रहेको सरकारकाले उसका कार्यकर्ताको मुद्धा फिर्ता गर्ने आश्वासन दिएपछि जसपाले विभिन्न मुद्धामा जेलमा रहेका २१० जनाको सुची गृह मन्त्रालयमा बुझाएको छ ।
स्वार्थको द्वन्द्वमा संसद्, बैठक औपचारिकतामै सीमित शिर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छ । केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको देखिएको छ। प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रधानमन्त्री ओली पुनस्र्थापित प्रतिनिधिसभाको औचित्य नभएको देखाउन बिजेनसविहीन बनाउन चाहन्छन्। उनी प्रतिनिधिसभामा विवादित विधेयक ल्याएर बैठक चल्न नदिने खेलमा लागेको स्रोत बताउँछ।
अन्नपूर्ण पोस्ट्ले विद्युत्मा कोभिडको धक्का शिर्षकमा मुख्य समाचार लेखेको छ । राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ। सरकारको ४५६ र निजी प्रवर्द्धकका ५०० गरी १ हजार मेगावाट थप गर्ने लक्ष्य थियो। तर, यो आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६४३ मेगावाट मात्रै थपिने देखिएको छ।
त्यस्तै विपक्षी जुटाउँदै कांग्रेस शिर्षकमा अर्को मुख्य खबर छ । यो खबरलाई सबै पत्रिकाले स्थान दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच वैकल्पिक सरकार गठनबारे शुक्रबार निर्णायक छलफल हुने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई सहित दुबै तर्फका नेताहरुलाई छलफलका लागि पार्टी कार्यालय सानेपामा बोलाएका हुन्।
राजधानी दैनिकले २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त शिर्षकमा समाचार लेखेको छ । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९।९ प्रतिशत ऋण, १८।७ प्रतिशत अनुदान र ११।३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो ।्राजधानीेले नै बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या शिर्षकमा अर्को समाचार लेखेको छ । मुगुमा मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *