एजेन्सी । बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।
हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए।
प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।
तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।
प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।
राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन्। उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन ।
बीबीसीबाट




