काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का सुनसरी, मोरङ सर्लाही, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।
पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।




