नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं ।’
पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । उनले, भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’
शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो ।
सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,’ उनले भने, ‘व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।’
७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,’ उनले भने ।
पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि लिएको अठोटलाई सत्तामा जान खोजेको रुपमा भने नलिन समेत
पनि आग्रह गरे ।




