समाचार

म्यानमार आन्दोलनको पक्षमा उभिन सरकारलाई कांग्रेसको अपिल


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । साथै आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघ लगायतलाई अपिल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार अबेर सकिएको बैठकले लोकतान्त्रिक पद्धतिमार्फत निर्वाचित सरकारलाई फेब्रुअरी १ गते म्यानमारको सेना प्रमुखले कू गरी अलोकतान्त्रिक, अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी शासन–सत्ता स्थापना गरेको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, मूल्य–मान्यता र नागरिकका मौलिक अधिकारप्रति गम्भीर आघात परेकोले म्यानमारको सैन्य कू को नेपाली कांग्रेसले निन्दा र विरोध प्रकट गरेको छ । साथै बैठकले म्यानमारको कू र पछिल्लो बर्बर दमनको घोर भत्सर्ना समेत गरेको छ । त्यस्तै काग््रेशले लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्वहाली गर्न प्रजातन्त्रवादी नेतृ एवं नोवेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी सहित बन्दी बनाईएका राजनीतिक दलका नेता तथा लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रताप्रेमी म्यानमारका नागरिकहरुलाई अविलम्व विना शर्त रिहाई गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न नेपाली कांग्रेस माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *