ताजा समाचार

बाग्मती प्रदेशसभाको बैठक आह्वान, बैठक मंगलबारको लागी तय

वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । पटकपटक सूचना टाँसेर स्थगित भइरहेको प्रदेशसभाको बैठक चैत २४ गते मंगलबारका लागि आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशसभाको बैठक अनिश्चित बनिरहेको थियो ।

तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए । सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलिय छलफलपश्चात् बैठक आह्वान गरेका हुन् । बैठकका कार्यसूची भने अझै तय भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *