आजका पत्रपत्रिकामा फरक फरक समाचारलाई स्थान दिएको छ । राजधानी दैनिकले कांग्रेस तत्काल न बोल्ने, न खुल्ने शिर्षकमा समाचार छापेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।
कोरोना ग्राफ उकालो लाग्दै शिर्षकमा अर्को समाचार छ । पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या बढेको छ तर हेलचेक्र्याइ र पूर्वतयारी फितलो हुँदा कोरोनाको ग्राफ बढ्दो छ । बानेश्वर र अनामनगरमै हडपियो २३ रोपनी सरकारी जग्गा शिर्षकमा मुख्य खबर छ
काठमाडौंको मुटु मानिने बानेश्वर तथा अनामनगर क्षेत्रमा रहेको धोवीखोलामा पर्ने झन्डै २३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हडपेको भए पनि १२ वर्षसम्म फिर्ता हुन सकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०६५ साल ९ मंसिरमा ती जग्गा सरकारी रहेको र विभिन्न व्यक्तिले गैरकानुनी रूपमा हडपेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, अख्तियारको सो निर्णय मालपोत कार्यालय डिल्लीबजारले कार्यान्वयन गर्न नसक्दा विभिन्न व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता हुन नसकेको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकले तराईको क्षेत्रमा पछिल्लो समय बालिका तस्कर बढेको खबरलाई प्राथमिकताको साथ छापेको छ । मंगलबार महोत्तरीका ७ बालिका एकैचोटी हराएका थिए । भारतको विहारमा ति बालिका भेटिएपनि कतिपय यसरी हराएको बालिका भेट्ने गर्दैनन् ।
पानी परेर काठमाडौंसहित देशभरको बायु प्रदुषणमा केही कमी आएको खबरलाई पनि अन्नपूर्णले छापेको छ ।




