विश्व

ब्रजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकैसाथ दिए राजीनामा

एजेन्सी । राजनीतिक सङ्कट जेलिरहेका ब्रमजिलका राष्ट्रपति जइर बोल्सोनारुमाथी अर्को संकट आइपरेको छ । ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएपछि उनी थप संकटमा परेका हुन् ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ। सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए।
राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ।

कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्। जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहिआएको छ।

कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर ूहल्ला बन्द गर्नू पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन्। ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *