ताजा समाचार

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौं । रंगहरूको पर्व होलीं आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै छ ।
नेपालको तराईमा फागुपुर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ । आज तराईका जिल्लामा सार्वजानिक विदा पनि छ ।

मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका दिन त्यसको धुरा ९खरानीको धुलो० उडाइएपछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘फगुवा’ पनि भन्ने गरिएको होली पर्व गए राति होलिका दहन भएर आज धुरा उडाइएसँगै अब भोलि सोमबार मनाउने तयारीमा सिङ्गै मिथिला क्षेत्र लागेको छ ।

आपसी सद्भाव, राक्षसी ९तामसी० प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व रङ, अबिरको पर्व मानिन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने मिथिला परम्परा छ ।
सरकारले यो वर्ष घरपरिवारमा मात्र होली पर्व मनाउन आग्रह गरेको छ । कोरोना फैलन सक्ने आशंकामा ठुलो जमघट नगर्न प्रशासनले सूचना जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *