काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएका छन् ।
जसपासँग सत्ता सहकार्यका विषयमा छलफल गर्न ओलीले दलको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
यसअघि बसेका संसदीय दलको बैठकमा झलनाथ खनाल–माधव नेपालपक्षीय सांसदहरू उपस्थित भएका थिएनन् । भोलिको बैठकमा नेपाल पक्ष सहभागी हुने कि नहुने भन्ने यकिन भइसकेको छैन । यद्यपि यसअघि नेपाल पक्षीय सांसद योगेश भट्टराईले अनुकूल समयमा बैठक बोलाए सहभागी हुने पत्रकार सम्मेलनमा बताएका थिए ।
शुक्रबार नै माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ । सोही बैठकसँग जुध्ने गरी ओलीले दलको बैठक बोलाएका छन् ।




