इलाम । भारतीय जेलबाट छुटेर चार दिनअघि नेपाल आएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता प्राप्त गरेका छन् ।
उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाणपत्र पाएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। विनाकसुर र सुनुवाइ उनी ४० वर्षसम्म कोलकात्तास्थित भारतीय जेलमा बसेका थिए ।
नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन्। नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ।




