काठमाडौं । त्रिदेशीय फुटबलका प्रतियोगितामा नेपाली टोलीले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ ।
कोरोना महामारीले गर्दा लामो समय फुटबलको गतिविधिबाट टाढा रहेको नेपालले आजको प्रस्तुति उत्कृष्ट बनाउने लक्ष्य राखेको छ ।
नेपालले विश्वकप छनोटका खेलका लागि लामो समय तयारी गरेको छ । विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो ।
खेलअघि नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य, उत्कृष्ट प्रदर्शनसँगै र नयाँ खेलाडीलाई अवसर दिने भएको बताएका छन् ।
नेपाली टोली
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, विराज महर्जन, छिरिङ गुरुङ, अजित भण्डारी
मिडफिल्डरः त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, रबि शंकर पासवान, तेज तामाङ, एरिक विष्ट, सुनिल बल, सन्जोग राई, विशाल राइ
फरवार्डः भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल




