काठमाडौं । सत्तारुढ एमालेमा समानान्तर संगठन अभ्यास सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली एकलौटी ढंगले चल्न थालेपछि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रायः भ्रातृसंस्थामा समानान्तर कमिटी बनाउन थालेको हो ।
यसैक्रममा एमाले खनाल–नेपाल नेतृत्वको समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले ५०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
भेलाले सचिव सुदेश पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। त्यसैगरि सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा छन् । ओली पक्षीय अनेरास्ववियुको अध्यक्षमा ऐन महर छन् । उनी विद्यार्थी संगठनमा लोकप्रिय छैनन् ।




