ताजा समाचार

संसारकै ठूलो रोहिंग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ जनाको मृत्यु, ४ सयभन्दा बढी व्यक्ति बेपत्ता

एजेन्सी । बंगलादेशमा सोमबार राती संसारकै सबैभन्दा ठूलो रोहिंग्या मुसलमानको बस्तीमा भीषण आगलागी हुँदा हजारौं अस्थायी घर जलेर नष्ट भएका छन् ।

काँकस बजार इलाकाको बालुखाली शिविरमा भीषण आगलागी भएको हो ।आगलागीमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोवानका अनुसार भीषण आगलागीको खबर पाउने वित्तिकै उद्धारकर्मीहरुको ठूलो पंक्ति सक्रिय भएको थियो र उनीहरुले धेरैजनाको ज्यान बचाउन सफल भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार आगलागीमा परेर कयौं शरणार्थीहरु जलेर मारिएको आशंका गरिएको छ । केहीबेरमा सो आगलागी निकै ठूलो क्षेत्रमा फैलिएको थियो ।
बर्माबाट हिंसामा परेर ज्यान जोगाउन बंगलादेश पुगेका शरणार्थीहरुले बनाएको शिविरका अस्थायी आवास टेन्ट, प्लाष्टिक र मोटा पोलिथिन शीटबाट निर्माण भएका थिए । प्लाष्टिकका सामानबाट अस्थायी आवास बनेकोले पनि आगलागी फैलिन सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *